६ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ।
मुम्बईमा भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो। पञ्जाबले प्रस्तुत गरेको १९६ रनको लक्ष्य दिल्लीले १८ ओभर दुई बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो।
उसका लागि शिखर धवनले ४९ बलमा सर्वाधिक ९२ रन बनाए। यस्तै पृथ्वी शले १७ बलमा ३२ रन बनाए । यस्तै मार्कस स्टोइनिसले १३ बलमा नटआउट २७ रन बनाए ।
असअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले चार विकेटको क्षतिमा १९५ रन बनायो। उसका लागि केएल राहुलले ५१ बलमा ६१ तथा मयंक अग्रवालले ३६ बलमा ६९ रन बनाए।
तीन मध्ये दुई खेलमा जित निकालेको दिल्ली क्यापिटल्स चार अंकसहित दोस्रो स्थानमा छ।
