मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,एसिया समितिले सम्झ्यो पारिजातलाई


  • समाचारदाता ,अमेरिका
  • मङ्लबार, बैशाख ७, २०७८
  • 655
    SHARES

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ । नयाँ वर्ष २०७८ तथा २८ औं पारिजात स्मृति द‍िवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका कविहरूले सिर्जना वाचन गरेका छन् ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, उपाध्यक्षद्वय बाबा बस्नेत र राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी, सदस्य निजानन्द मल्ललगायतले पनि शुभकामना तथा रचना प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष तथा एसिया समिति संयोजक बाबा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा गुनु घर्ती( मिजोरम), लक्ष्मी भट्टराई अनुरागी, राज लिम्बु, अलि मियाँ, रमेश जोशी (इजरायल), नमराज लामिछाने ( साउदी), प्रेमप्रसाद भट्टराई, सीताराम थापामणि थापा, खेमराज सुवेदी (कतार), चन्द्रप्रकाश गिरी (सिक्किम), गिरिजा गैरे , विन्दा पराजुली बराल ( जापान), हिमाल अञ्जान, विजय औजी, तिलाचन बस्याल, , अमर खड्का, गोविन्दप्रसाद तिम्सिना  (कुवेत), लगायतले शुभकामना तथा सिर्जना वाचन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)