शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छ महिना तारे होटल बन्द गर्ने र साढे १२ प्रतिशत तलब दिने निर्णय मजदुरद्वारा अस्विकार


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०७७
  • 914
    SHARES

काठमाडौं । बैशाख १ देखी ६ महिनासम्म तारे होटलहरु बन्द गर्ने होटल व्यवसायीहरुको निर्णय  मजदुरहरुले अस्विकार गरेका छन् । तारे होटलका सञ्चालकहरु र होटल एशोसिएसन अफ नेपाल(हान)का पदाधिकारीहरुको आइतबार बसेको बैंठकले बैशाख ६ महिनासम्म तारे होटलहरु बन्द गर्ने र मजदुरहरुलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय गरेको थियो ।

सञ्चालकहरुले गरेको निर्णय २४ घण्टा वित्न नपाउदै विभिन्न मजदुर सघसंगठनले सयुक्त रुपमा विज्ञप्ती जारी गरि विरोध जनाएका छन् । सञ्चालकहरुले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिएका छन् ।

पर्यटन क्षेत्रमा देखिएको समस्यालाई समधान गर्न विभिन्न चरणमा छलफल भइरहेको बेला तारे होटल सञ्चालक र हानले एकलौटी रुपमा मजदुरहरुलाई पेलेर जान खोजेको विज्ञप्तीमा उल्लेख छ । हानले मजदुरहरु सँग भएको वार्तालाई भंग गरि एकतर्फि रुपमा श्रमिकको पारिश्रमिक , सेवासुविधाको बिषयमा श्रम ऐन २०७४ को दफा १४५ प्रयोग गरि   निस्कासनको धम्कि दिनु गम्भिर रहेको बताइएको छ ।

राज्यले श्रमिकको सेवासुविधाको बारेमा सम्बोधन गरेको राजपत्रलाई समेत चुनौती दिई हानले गरेको अमानविय कार्यका विरुद्ध एक जुट भएर आन्दोलनमा उत्रने मजदुरहरुले चेतावनी दिएका छन् ।

तारे होटल सञ्चालक र हानको निर्णय विरुद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ,नेपाल स्वतन्त होटल क्यासिनो तथा मजदुर रेष्टुरेन्ट युनियन र नेािल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले सयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)