मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नासालाई ठूलो सफलता, मंगल ग्रहमा हेलिकोप्टर उडाउन सफल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 439
    SHARES

७ बैशाख, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित पहिलो उडान थियो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रहमार्फत गरिएको हो । जसले हेलिकोप्टरको तथ्यांक पृथ्वीमा पठाएको थियो ।

नासाले भविष्यमा थप साहसी उडान हेर्न पाइने वचन दिएको छ । नासाका अनुसार इन्जियनियरहरुले प्रविधिको सीमालाई जाँच गरेपछि इनजेनिटीले थप उचाइमा तथा लामो उडान भर्नेछ ।

अमेरिकाको पासाडेनामा नासाको जेट प्रोपल्सन लेबोरेटरीमा इनजेनिटीका प्रोजेक्ट म्यानेजर मिमि आंगले भने, ‘अब हामी भन्न सक्छौँ कि मानिस कुनै दोस्रो ग्रहमा एक रोटरक्राफ्ट उडाउन सफल भयो ।’

मंगल ग्रहमा हावामा हेलिकोप्टर उडान कठिन छ किनभने त्यहाँ वायुमण्डल निकै पातलो हुन्छ । त्यहाँ पृथ्वीको वायुमण्डलको तुलनामा एक प्रतिशतमात्र हरेको छ । उडान भर्न रोटरक्राफ्टको ब्लेडले निकै परिश्रम गर्नुपर्दछ । त्यसैले इनजेनिटीलाई हलुका बनाएर त्यसको ब्लेडलाई प्रति मिनेट २५०० पटक घुम्ने बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)