मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा कोरोनाको खोपको दुवै डोज लगाउनेको संख्या एक करोड नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 642
    SHARES

७ बैशाख, काठमाडौं । बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउनेको संख्या एक करोड नाघेको छ । ;डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार बेलायतको जनसंख्याको १९ प्रतिशत वयस्कहरुले कोरोना विरुद्ध खोपको दुवै डोज लगाएका छन् । सोमबार सार्वजनिक तथ्यांकमा दोस्रो डोज लगाउनेको संख्या एक करोड एक लाख ५२ हजार ३९ पुगेको छ । गत वर्ष डिसेम्बर ८ बाट शुरु भएको खोप वितरणमा हालसम्म चार करोड ३० लाख ८४ हजार ४८७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड २९ लाख ३२ हजार ४४८ जनाले पहिलो डोज लगाएका छन् ।

बेलायतमा २४ घन्टामा ४ जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन १० जनाको मृत्यु भएको थियो । एक सातामा १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २६.९ प्रतिशतले ह्रास आएको सरकारी तथ्यांकले देखाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७४ पुगेको छ ।

यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९० हजार ७८३ पुगेको छ । एकसातामा १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । एक साताभित्र संक्रमित संख्यामा पनि १०.० प्रतिशतले ह्रास आएको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३७४ छ भने ४१ लाख ५६ हजार १३५ संक्रमित निको भइसकेको तथ्यांकमा उल्लेख छ ।

अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । आइतबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३३२ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)