८ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ ।
नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ ।
३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ।
मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनल पुग्नेछ । यस नतिजाले नेपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ।
मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।