मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नौकुण्ड गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न


  • आशिष लामा, रसुवा
  • बिहिबार, बैशाख ९, २०७८
  • 790
    SHARES

 

९ बैशाख, रसुवा 

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा पार्च्याङ स्थित बागेश्वरी माध्यमिक विद्यालयले विभिन्न खेलमा प्रथम ६ द्दितिय ७ र तृतीय २ गरी १५ पदक जित्दै प्रथम भएको छ।

त्यस्तै अर्को निर्कुभुमे माध्यमिक बिधालय पनि प्रथम ६ द्दितिय ४ र तृतीय ३ गरि १३ पदक हात पार्दै दोस्रो भएको छ।

प्रतियोगितामा नौकुण्डमा रहेको गौतम बुद्ध माध्यमिक बिधालयले प्रथम ४ द्दितिय ४ र तृतीय ३ गरि १५ पदक पाँउदै तेस्रो हुन सफल भएको छ। प्रतियोगितामा सफल विद्यालयका विद्यार्थीलाई गाउँपालिकाले प्रसंशापत्रसहित पुरस्कारले सम्मान गरेको थियो ।

विकास निर्माणका अन्य कामसँगै खेलकुदलाई पनि अगाडि बढाउने र गाउँपालिकालाई राष्टिय स्तरमा सफल बनाउने लक्ष्य रहेको गाउँपलिकाका अध्यक्ष नुर्बु साङ्बो घलेले बताएका छन ।

गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले सवै विजेता, सहभागी विद्यालय तथा छात्रछात्रा र प्रतिनिधि शिक्षकहरुलाई बधाई दिँदै खेलकुद विकासका लागि गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएकी छिन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)