बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 516
    SHARES

१० बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ।

बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍याे।

बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले। कप्तान विराट कोहलीले अविजित रहँदै ७२ रनको इनिङ्स खेले ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।

जितसँगै बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा उक्लेको छ भने चार खेलमा २ अंक जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)