बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामाजिक काममा जिपी फाउण्डेशन अमेरिका : चौँथो पटक कोरोना खोप अभियान सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 750
    SHARES

न्यूयोर्क, १२ वैशाख । गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनममा आज न्युयोर्क र आसपासमा रहनुहुने नेपाली लगायत विभिन्न समुदायका ७७ जनालाई कोभीडवाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य आज अन्तिम पटक भव्यताका साथ सम्पन्न भयो।संस्थाले क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी यसरी खोप अभियान चलाएको यो चौथो वृहत कार्यक्रम हो।

यस कार्यक्रममा विहानैदेखी फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामा,महासचिव छिरिंग राप्के लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिती सदस्य ध्रुव कुँवर क्षेत्री ,समाजसेवी एवं नेपाली काँग्रेस सोलुखुम्वुका युवा नेता विजय थुलुंग, दुर्लभ मगर र विशाल वुढामगर खटीनुभएको थियो।

हस्पिटल प्रशासनको सौहार्दपूर्ण सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने,अनलाईन प्रश्न भरीदिने,भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउन्डेशनका स्वयंसेवीहरूको अहं भुमीका रहेको थियो।

क्विन्स अस्पताल प्रशासनसँग सहमती भएअनुसार हरेक हप्ताको शनिवारका दिन फाउन्डेशनलाई प्राप्त ५०० जनालेसम्म एकैसाथ भ्याक्सीन लगाउन सक्ने सहमती भए अनुसार अप्रील महिनाभर हरेक शनिवार निरन्तर खोप कार्यक्रम संचालन गरिएको कुरा प्रवक्ता श्री रामचन्द्र अधिकारी वताउनुहुन्छ।

फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले आजसम्मको कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।
संभवत अमेरीकामा रहेका नेपाली संघसंस्थाहरूमध्ये गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टर नै पहिलो संस्था हो, जस्ले एकमुष्ट रूपमा र वृहत तरिकाले एकैथलोमा सामूहिक रूपमा खोप लगाउन सफल भएको छ।

विभिन्न नेपाली समुदायसँग समन्वय गरी फाउन्डेशनद्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको कुरा कार्यवाहक अध्यक्ष सुवर्ण लामा वताउनुहुन्छ। फाउण्डेशनको खोप लगाउने अभियानमा अप्रील महिना भरीको यो चौथो र अन्तिम पटक खोप कार्यक्रममा लगभग ९०० जनाले भ्याक्सिन लगाउन सफल भएका छन।

सो कार्यक्रममा क्विन्स अस्पतालमा नेपाली समुदायका लागी छुट्टै सहायता केन्द्र स्थापना गरिएको र सो डेस्कमा स्टेफन मनरो,सरोजिनी कुमार,डाक्टर राव र ग्रेगरी महावीको विशेष सहायता टोली रहेको थियो।

क्विन्स अस्पतालका समुदाय वोर्ड सल्लाहाकार समितिका अध्यक्ष एवं क्विन्स डेमोक्रेटिक डिस्ट्रिक्ट लिडर डाक्टर एन्थोनी एन्ड्रीयुज जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदायस्तरमा खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।

हालसम्म लगातार सहयोग गरेकोमा हस्पिटल प्रशासनलाई फाउन्डेशन परिवारको तर्फवाट विशेष धन्यवाद प्रकट गर्दै आफ्नो अग्रसरतामा खोप लिनुहुने समुदायका सम्पुर्ण महानुभावहरू प्रती संस्थाका तर्फवाट धन्यवाद प्रकट गरीएको कुरा महासचिव एवं भ्याक्सिन टास्क फोर्सका संयोजक छिरिंग राप्के लामा वताउनुहन्छ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको “भ्याक्सीन लगाऔं, स्वस्थ्य रहौं, आफु पनि बाचौं र अरुलाई पनि बचाऔं” को अभियानमा शेर्पा किदुग अमेरीका, अधिकार र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोग रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव, ग्रेगोरि माहाबी, शेर्पा किदुग अमेरीकाकी अध्यक्ष श्रीमती छिरीगं शेर्पा, अधिकारकी प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री, अधिकारकी हेल्थ नेभिगेटर एंव प्रोग्राम ऐसिसटेन्ट संध्या गुरुड॰ प्रधान, घ्याल्सुम्दो सेवा संस्था अमेरीकाकी अध्यक्ष निमा ल्हमो लाई धन्यवाद एंव आभार प्रकट गर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)