मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सुपर लिग अन्तर्गतको दोस्रो खेल बराबरीमा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 533
    SHARES

काठमाडौं , १३ बैशाख

पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि प्राप्त पेनाल्टी अवसरलाई अमित तामाङले सदुपयोग गद चितवनलाई हारबाट जोगाए ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबैले आक्रामक खेल खेलेका थिए । तर दुबै टोलीले राम्रा अवसर बनाए पनि फिनिसिङमा चुकेका थिए । यस अघि २१ औं मिनेटमा ललितपुरले पेनाल्टी अवसर गुमाएको थियो । कमल श्रेष्ठले प्रहार गरेको कर्नर बल नियन्त्रण गर्ने क्रममा निरज बस्नेतलाई चितवनका गोरान जर्काभिजले फल गरेपछि ललितपुरले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहारमा आएका अञ्जन विष्टको प्रहार चितवनका गोलकिपर विशाल सुनारले दोहोरो बचाउ गर्दा ललितपुर स्तब्ध बनेको थियो । त्यसपछि पनि चितवनले बनाएका केही राम्रा अवसरलाई गोलकिपरले विफल पार्दै पहिलो हाफ टारेका थिए ।

बराबरीसँगै चितवनले नेपालमा पहिलो पटक आयोजना भएको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा बराबरीबाट सुरुआत गरेको छ । उता दुई खेलमा ललितपुरले १ अंकको खाता खोलेको छ ।

प्रतियोगितामा मंगलबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच खेल हुनेछ । धनगढीले विराटनगरसँग ३–० को पराजय भोग्दै सुरुआत गरेको थियो भने काठमाडौं रेजर्सले ललितपुरलाई १–० ले पराजित गर्दै प्रतियोगिता सुरुआत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)