शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ईरफानको देहावसान पछि श्रीमती सुतपा सिक्दारले लेखिन् यस्तो मार्गदर्शक स्टाटस्…


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०७७
  • 854
    SHARES

जब विश्वभर यसलाई व्यक्तिगत नोक्सानीको रूपमा देखिरहेका छन् त म पारिवारिक वक्तव्य कसरी लेख्न सक्छु ? जब लाखौं मानिसहरूले हामीसँगै शोक मनाइरहेका बेला म कसरी एक्लो महसुस गर्न सक्छु ? सबैलाई एउटा कुरा भन्न चाहन्छु, यो नोक्सान होइन, प्राप्ति हो। हामीलाई उनले सिकाएका चिजहरूको प्राप्ति। अब हामी यो प्राप्तिलाई सही तरिकाले कार्यान्वयन गर्न शुरू गर्नेछौँ। अब म मानिसहरूलाई थाहा नभएका केही कुरा लेख्दै छु। यो हाम्रा लागि अविश्वसनीय हो तर, इरफानकै शब्दमा भन्दा यो ‘जादू’ हो। चाहे उनी हुन् वा नहुन्। उनले माया गरे, त्यो एकतर्फको मात्र थिएन। उनीप्रति मेरो केवल एकमात्र गुनासो छ, उनले मलाई जीवनभर बिगारेर गए। पूर्णताका लागि उनले गर्ने प्रयासले हरेक कुरामा सामान्य तरिकामा चित्त बुझाउन मलाई दिने छैन। उनले देख्ने हरेक कुरा चाहे त्यो कर्कस र भद्रगोलको परिस्थिति नै किन नहोस्, ‘लय’ हुन्थ्यो। मैले त्यस प्रकारको लयको संगीतमा नाच्न र गाउन सिकेको छु।

अन्ततः हाम्रो जिन्दगी नाटकमा मास्टर क्लास थियो। त्यसैले जब नबोलाएको पाहुनाको नाटकीय इन्ट्री भयो, त्यही बेला मैले कोला(हलमा एक सामाजस्य बनाउन सिके। डाक्टरको रिपोर्ट तिनै स्क्रिप्ट जस्तै थिए, जसलाई पूर्ण बनाउन चाहन्थ्ये। त्यसैले मैले कहिलेकाहीँ उनलाई परफर्मेन्समा कमजोरीको एक खोट पनि पाइन्। यो यात्रामा हामीले धेरै यादगार मानिसहरूसँग मिल्यौं उनीहरूको सूची निकै लामो छ। तर, केही मानिसहरूलाई सम्झन चाहन्छु, हाम्रो आन्कोलोजिष्ट डा. नितेश रोहतगी (मेक्स अस्पताल, साकेत), जसले हाम्रो हात शुरुआतदेखि नै समाएर राखेका थिए। डा. डेन क्रेल (यूके), डा. शिद्रवी (यूके), मेरो धड्कन तथा अँध्यारोमा उज्यालो दिने डा. सेवन्ती लिमये (कोकिलाबेन अस्पताल)। यो यात्रा कति रमाइलो, सुन्दर र पीडादायी थियो भनेर शब्दमा लेख्न सजिलो छैन।
पछिल्लो अढाइ वर्षको अन्तराल पाएजस्तो भएको छ जसको आफ्नै शुरुआत, मध्य र उत्कृर्ष थियो जसमा इरफान निर्देशकजस्ता थिए। यो हाम्रो ३५ वर्ष लामो सहयात्राभन्दा अलग थियो। हामी विवाहभन्दा फरक थियौँ, एक भएजस्तो थियो।

म मेरो सानो परिवारलाई दुई छोराहरू बाबिल र आयानले डुंगामा राखेर अगाडि बढाइरहेको देख्दै छु । जहाँ इरफानले निर्देशन दिँदैछन्ः त्यहाँ होइन, यहाँबाट मोड। जीवन सिनेमा होइन र ‘रिटेक’हरू लिन सकिँदैन भन्ने बुझेपछि म छोराहरूलाई विनम्र आग्रह गर्न चाहन्छुः दिमागमा बुबाको मार्गनिर्देशनलाई राखेर सुरक्षित तरिकाले डुंगा चलाउ।
म मेरा दुई छोराहरूलाई बुबाले सिकाएका पाठहरू जुन निकै महत्त्वपूर्ण छन्, यसरी बुझ्न आग्रह गर्छु।

बाबिलः अनिश्चितताको नृत्यमा आफूलाई आत्मसमर्पण गर्न सिक र यो ब्रम्हाण्डमा आफ्नो आस्थामा विश्वास गर।
आयानः आफ्नो मनलाई नियन्त्रण गर्न सिक। र, दिमागलाई आफैं नियन्त्रणमा आउन देऊ। आँसुहरू बगिरहँदा, इरफानलाई मनपर्ने फूल ‘रात की रानी’ उनको विजय यात्रापछि विश्राम दिन राखेको स्थानमा रोप्ने छौँ। यसले समय लेला तर यो फुल्ने छ र सुवासहरू फैलने छन्। वर्षौँसम्म त्यसले मानिसका मनहरूलाई छुनेछ, जसलाई म फ्यान भन्दिन बरु आउनेवाला परिवार भन्छु।(SwadeshNepal News)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)