बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजस्थान रोयल्स ७ विकेटले पराजित


  • एजेन्सी 
  • बिहिबार, बैशाख १६, २०७८
  • 630
    SHARES

काठमाडौं,१६ बैशाख

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा मुम्बईले टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सञ्जु सामसनले २७ बलमा ४२ रन बनाए । यस्तै जोस बटलरले ३२ रनमा ४१ रन जोडे ।

१७२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका क्विन्टन डी कोक ५० बलमा ७० रनमा अविजित रहे ।

उनले ६ चौका र २ छक्का प्रहार गरे । कुर्णाल पाण्ड्याले २६ बलमा ३९ रनको योगदानी दिए । कायरन पोलार्ड ८ बलमा १६ रनसहित अविजित रहे । मुम्बईका राहुल चाहरले २ तथा ट्रेन्ट बोल्ट र जास्प्रित बुमराहले १/१ विकेट लिए ।

राजस्थानका क्रिस मोरीसले २ तथा मुस्ताफिजुर रेहमानले १ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)