मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घरेलू मैदानमा ग्रानाडासँग बार्सिलोना स्तब्ध


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 803
    SHARES

१७ बैशाख, काठमाडौं । आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पासमा बार्सालाई अग्रता दिलाएका थिए । त्यसपछि पनि बार्सिलोनाले गोलका थुप्रै अवसरहरू गुमाएको थियो । दोस्रो हाफमा डार्विन माचिसले बराबरी गोल फर्काए । त्यसपछि जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए ।

बिहीबारको खेलमा जीत हासिल गरेको भए बार्सिलोनाले शीर्ष स्थानमा एक अंकको अग्रता बनाउने थियो । तर, हारपछि बार्सिलोना शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि र रियल म्याड्रिडसँग अंक बराबार गर्दै तेस्रो स्थानमा सिमित बनेको छ ।

अब मे ८ मा हुने बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको खेल ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)