बिहिबार, बैशाख २०, २०८१

सासंद सहित ४३३ को कोरोना परीक्षण, रिपोर्ट हेरेर मात्र संसदभित्र पस्न दिने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 391
    SHARES

काठमाडौं ।

शुक्रबारदेखि संघीय संसदको बैठक सुरु हुँदै छ । बैठक सुरु गर्नुअघि सरकारले सबै साँसद तथा कर्मचारीको कोरोना भाइरस परीक्षण गरेको छ ।  बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भएका संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको शुक्रबार बिहान साढे ८ बजेदेखि परीक्षण गरिने भएको छ ।

संकलित स्वाब परीक्षणका लागि आजै टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वावको परीक्षण रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउनेछन् । भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }