शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशका नयाँ प्रदेश प्रमुखले गरे पदभार


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 608
    SHARES

२४ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका नयाँ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नुभएको छ।

बिहिबार राती गृह जिल्ला सप्तरीबाट धनगढी आइपुग्नुभएको यादवले शुक्रबार दिउँसो १ बजे पदभार ग्रहण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

पदभार ग्रहण गर्दै उहाँले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताउनुभयो।

यसअघिकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेर सरकारको सिफारिसमा वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। पन्त नेकपा माओवादी केन्द्र निकट थिइन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)