शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको आन्ध्र प्रदेशमा ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 870
    SHARES

भारतको आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् ।

बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले ग्यास दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि गर्नु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बेहोस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको विषाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गर्नु भएको छ । उहाँले स्थानीयवासीलाई युद्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पीडित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याउनु भयो ।

भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घाइते भएका थिए । आन्ध्र प्रदेशको भिजागस्थित एक पोलिमर उद्योगबाट ग्यास चुहिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १२० जना घाइते भएका छन् । बिहीबार बिहान विशाखापटनमको आरआर वेन्कटपुरममा रहेको एलजी पोलमर्सबाट स्टेराइन नामको ग्यास चुहिएको अधिकारीहरुले बताएका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले भिजाग ग्यास दुर्घटनाका बारेमा विशेष रुपमा अनुगमन गरिरहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले ग्यास दुर्घटनाबाट पीडितको तत्काल उपचारको व्यवस्था गर्न तथा अरु क्षति हुनबाट जोगाउन जिल्लास्थित सम्बन्ध अधिकारीहरुलाई निर्देश पनि गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री जगन मोहनलाई फोन गरी दुर्घटनालाई नियन्त्रणमा ल्याउन र उद्धार गर्न केन्द्र सरकारले सम्पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ ।

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले एक विज्ञप्ति प्रकाशन गरी ग्यासको सम्पर्कमा आएका व्यक्तिहरु र गाईवस्तु बेहोस अवस्थामा रहेको बताउँदै ग्यासका कारण रुखबिरुवाका पातको रङ समेत परिवर्तन भएकाले ग्यासको विषाक्तता सहजै अनुभव गर्न सकिने उल्लेख गर्नु भएको छ । उहाँले स्थानीयवासीलाई युद्ध स्तरमा उद्धार गर्नु पर्ने खाँचो रहेको बताउँदै पीडित सबैलाई विशिष्ट उपचारको खाँचो रहेको औंल्याउनु भयो । भारतमा सन् १९८४ मा मध्यप्रदेशको भोपालमा पनि यस्तै औद्योगिक ग्यास चुहिएर ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनुका साथै कैयौं व्यक्तिहरु सख्त घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)