बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगमा भोलिबाट प्लेअफका खेल


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 805
    SHARES

काठमाडौं, २७ बैशाख
राजधानीमा जारी नेपाल सुपर लिगमा भोलि मंगलबार बाट प्लेअफका खेल हुँदै छन् ।

प्लेअफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले टोली सुखद नतिजाको लक्ष्यका साथ मैदान उत्रिने दावी गरेका छन् । प्लेअफको पहिलो खेलमा सोमबार काठमाडौं रेजर्सस र धनगढी एफसी प्रतिस्पर्धा गर्दै छन् । प्लेअफका लागि तयारीको समय नभएपनि मैदानमा जितका लागि उत्रने दुबै टोलीले दावी गर्दा अन्य टोलीका कप्तान पनि उपाधि लक्ष्य बनाएका छन् ।

पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढीबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने हार्ने टिमले इलिमिनेटर खेल्ने मौका पाउनेछ । पहिलो प्लेअफका लागि दुबै टिम तयार रहेको बताएका छन् । यस्तै ललितपुर सिटी एफसीका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा केही कठिन भएपनि बाँकी खेलमा सन्तुलित प्रदर्शन गरेकाले आगामी खेलमा पनि राम्रो नतिजा निकाल्ने अपेक्षा व्यक्त गरे । यस्तै कप्तान अन्जन विष्टले पछिल्ला दुई खेलमा टोलीको राम्रो प्रदर्शन भएको भन्दै आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे । बुटवल लुम्बिनीबाट कप्तानको जिम्मेवारी पाएका विराज महर्जनले टिममा खेलाडीको चोट नभएकाले पनि प्रदर्शन राम्रो हुने अपेक्षामा राखे ।

पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगितामा सनिबार फाइनल खेल हुनेछ । विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)