बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी मेमा इराकसँग हुने खेलको तयारीमा जुट्यो नेपाली टोली


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 475
    SHARES

३१ बैशाख, काठमाडौं । आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई सवावेश गर्दै प्रशिक्षण थालेका हुन ।

नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सिमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन । उनले सुरुआती चरणमा नेपालले कसरी रक्षात्मक बन्ने र कसरी काउन्टर गर्ने भन्ने विषयलाई विशेष जोड दिएर अभ्यास थालेको बताए ।

१५ दिनको समय सिमा बाँकी रहेको अवस्थामा टोलीलाई अल्मुताइरीले विहान र बेलुका दुई चरणमा अभ्यास गराइरहेका छन् । उनले प्रशिक्षणका लागि यस अघि घोषणा भएका खेलाडीलाई डाकेका हुन । केही खेलाडी धनगढी र काठमाडौं रेजर्समा रहेकाले प्रतियोगिता सकिए लगत्तै टोलीमा समावेश हुनेछन् । प्रारम्भिक चरणमा पहिलो पटक मनिष डाँगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले स्थान बनाएका छन् ।

नेपाल सुपर लिग खेले पछि बाहिर रहेका खेलाडी पनि राष्ट्रिय टोलीमा समावेश भइसकेका छन् । यद्यपि ललितपुर सिटीका अञ्जन विष्ट लगाएतका केही खेलाडी भने समावेश हुन बाँकी छन् । आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली केन्द्रित रहेर अभ्यासको थालनी गरेको नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले बताए ।

यस्तै टोलीमा समावेश भएका सन्तोष तामाङ र आयुष घलानले इराकसँगको खेल नेपाली खेलाडीका लागि राम्रो अनुभव सगाल्ने खेल हुने प्रतिक्रिया दिए ।

मैत्रिपूर्ण खेललाई मुख्य प्रशिक्षक अल्मुताइरीले विश्वकप र एसियन कप छनौटको तयारीको रुपमा लिएका छन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)