काठमाडौं ,१ जेठ
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ ।
शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी सिटी एफसीलाई १-० गोलले हराउँदै काठमाडौं रेजर्सले उपाधिमाथी कब्जा गरेको हो ।
काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै काठमाडौंको जितका लागि निर्णायक गोल हुन पुग्यो ।
