बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाले प्रभावित खेल तालिका


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 784
    SHARES

कामाडौं, ४ जेठ
महामारीको चपेटाले विभिन्न क्षेत्रलाई शिथिल बनाउँदा खेलकुद क्षेत्रपनि त्यसबाट अछुतो रहन सकेन । विश्व भर फैलिएको कोरोना महामारीले गर्दा तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिका अनुसार सम्पन्न हुन सकेनन् । नेपाली खेलकुदका केही क्यालेन्डरलाई पनि कोरोनाले प्रभावित ग¥यो ।

कोरोना महामारी नभएको भए अहिले कतारमा आयोजना हुने २०२२ को विश्वकप फुटबलको रौनक विश्वभर नै फैलिरहेको हुन्थ्यो । नेपालले पनि उक्त प्रतियोगिताका लागि छनोट खेल खेलिसकेको हुन्थ्यो । तर महामारीले छनोट प्रतियोगिता धकेलिरहेका छन् । विश्वकप नजिक हुँदै गर्दा छनोट खेल अझै हुन सकेको छैन ।

छनोट तालिका अनुसार नेपालको कतार विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने तालिका छ । एसियाली फुटबल महासंघ (एएफपी)ं ले एसियाको विश्वकप छनोट समूह बी का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने निर्णय गरेको छ । नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन ।

त्यसमध्ये नेपालले अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेईविरुद्ध खेल्न बाँकी छ र यी खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय थियो । अब छनोटका खेल मे ३१ देखि जुन १५ सम्म कुवेतमा हुने तालिका छ । छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ र त्यसबाट नेपालको तीन अंक छ । सोही प्रतियोगिताका लागि नेपालले अहिले बन्द प्रशिक्षण गरिरहेको छ । बन्द्र प्रशिक्षकको तीन उद्देश्य रहेका छन् । पहिलो इराकसँग मैत्रिपूर्ण खेलका लागि तयारी, दोस्रो विश्वकप छनोट र एएफसी एसियनकप छनोटको रुपमा अहिले नेपाली राष्ट्रिय टोली प्रशिक्षणमा व्यस्त छ ।

यस्तै महामारीकै कारण तय भएका केही क्रिकेट प्रतियोगिता हुन सकेनन भने केहीले नयाँ मिति पाएका छन् । कोरोना संक्रमणका कारण खेलकुद गतिविधि ठप्प हुँदा सन २०२० मा नेपाल दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित रह्यो । त्यसपछि कोरोना महामारीले क्रिकेट शून्य अवस्थामा नै रहेको छ । आइसिसी विश्वकप लिग–२ का प्रतियोगिता अनिश्चत हुँदा एसीसी इमर्जिङ टिम्स एसिया कप ट्वान्टी–२० पनि अन्योल भयो । यस्तै एसिया कप २०२१ पनि कोरोनाकै कारण धकेलिएको छ । सिनियर महिला टोलीको खेल अन्तर्गत विश्वकपको एसिया छनोटको महिलाको एसिया कप छनोट अनिश्चित भएको छ । यस्तै पुरुष यु–१९ र यु–१६ टोलीका केही प्रतियोगिता पनि कोरोनाकै कारण अन्योलमा परेका छन् । सिनियर पुरुष क्रिकेट टोलीको आईसिसि डिभिजन लिग–२ का खेला २०२१ का लागि तय भएका छन् । तर अन्योल छ ।
युरोप खेलकुदमा जुरमुराईरहेको अवस्थामा दक्षिण एसिया भने कोरोनासँग लडिरहेको छ । सोही कारण नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका तालिका पनि प्रभावित भएका छन् । भारतको इन्डियन प्रिमियर लिग कोरोनाकै कारण बीचमै रोकिएको छ । २०२१ मा जापानमा हुने ओलम्पिकका लागि नेपाली खेलाडीले अभ्यासलाई निरन्तरता दिइरहेका छन् । ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडीमा करातेका अनु अधिकारी र नविन रसाइली, तेक्वान्दोका विर बहादर महरा, सुटिङका शुष्मिता नेपाल र कल्पना परियार, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ तथा बक्सिङकी मिनु गुरुङ रहेका छन । वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन । जसमा स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्यको हकमा भने अझै अनिश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)