बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस संक्रमणका कारण दुई साताभित्र विदेशमा थप ४१ नेपालीको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 621
    SHARES

११ जेठ, काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९)का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा आठ, फ्रान्समा एक, माल्दिम्समा एक, बेल्जियममा एक र प्रोर्चुगलमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड–१९ उच्चस्तरिय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख सात हजार ८६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा सञ्जिव सापकोटाका अनुसार सोमवार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।गैरआवासीय नेपाली सङ्घले विगत कोरोना भाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० जना चिकित्सक परिचालन गरेको छ ।

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना सङ्क्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण सोमवार साँझसम्म छ हजार ५३१ जनाको निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)