बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इराकसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली आज राति इराक प्रस्थान गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 673
    SHARES
  • फाइल फोटो

काठमाडौं ,११ जेठ

नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि आज (मंगलबार) इराक प्रस्थान गर्दैछ ।

नेपाली टोली राति १० बजे कतार एयरवेजको विशेष उडानमार्फत इराक प्रस्थान गर्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराक जाने २३ खेलाडी र १२ अफिसियलको कोरोना परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ ।

टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, फिजियो, म्यानेजरलगायत अन्य १२ जना छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल समेत नेपाली टोलीसँगै जानेछन् ।

कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली स्क्वाडः

गोलकिपरः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल, विकास खवास, दिनेश राजवंशी, गौतम श्रेष्ठ

मिडफिल्डरः सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ

फरवाडः अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा, नवयुग श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)