सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद आचार्यद्धारा गणतन्त्र दिवसको शुभकामना


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १५, २०७८
  • 822
    SHARES

 

काठमाडौँ, १५ जेठ 

नेपाली काँग्रेस रसुवाका सांसद इञ्जिनीयर मोहन आचार्यले गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिबहीनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सांसद आचार्यले आज शुभकामना सन्देश व्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साथै, उहाँले गणतन्त्र प्राप्तको संघर्षमा घाइते, अपाङ्ग र वेपत्ता नागरिकप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सांसद आचार्यले गणतन्त्र दिवसको अवसरमा लामो संघर्षपछि स्थापना भएको संविधानको रक्षा गर्दै मुलुकलाई विकासको वाटोमा अगाडि बढाउन सबैमा प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले सम्पूर्ण नेपालीमा गणतन्त्र दिवसको हार्दिक बधाई एवम् शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)