शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख सापकोटाद्धारा सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 545
    SHARES

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सिमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सिमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

आगामी आर्थिक बर्ष २०७७ ÷७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशीलय विषय भएकाले भारतीय अतिक्रमण विरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिनुभएको थियो ।

शुन्य समयमा धारणा राख्ने अधिकांश सांसहरुले सिमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए । शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो “माननीय सदस्यहरु, यो बीचमा सुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनुभएको छ । यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु । ”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)