काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारुको विशेष आर्थिक राहातको प्याकेज घोषणा गरेका छन् ।
उनले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष प्याकेज ल्याएको जानकारी गराएका हुन । आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्ने मोदीले बताएका छन् ।
भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएकोसमेत उनले जानकारी दिए । आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी र ल मा बल दिइएको छ । यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्ने छ ।
