बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व कप छनौट खेलमा आज जोर्डन र नेपाल प्रतिस्पर्धा गर्दै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 519
    SHARES

२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल अन्तर्गत आज नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

कुवेतको ‘जबर अल-अहमद अन्तराष्टिय रंगशाला’मा नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुने सो खेलमा नेपाल जितकै लागि मैदान प्रवेश गर्नेछ।

आईतवार भएको ‘प्रि-म्याच कन्फरेन्स’मा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्ध नेपालको लक्ष्य जित नै रहेको बताएका छन्।

समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको ४औं स्थानमा छ। नेपालले चाइनिज ताइपेइलाई दुवै चोटी पराजित गर्दा ६ अंक जोड्न सफल भएको छ। उता जोर्डन भने नेपाल भन्दा मात्र १ स्थान माथि रहेको छ। कुवेतसँग समान १० अंक रहेको जोर्डन गोल डिफरेन्सको आधारमा तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)