शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ को प्रदेशसभा बैठकमा महतो पक्ष सहभागी नहुने


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 566
    SHARES

२४ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको ठाकुर–महतो पक्षका प्रदेश सांसदहरु प्रदेशसभा बैठकमा सहभागी नहुने भएका छन् ।

प्रदेशसभामा बसेको ठाकुर–महतो पक्ष संसदीय दलको बैठकले छैटो अधिवेशनको पहिलो बैठकमा अनुपस्थित हुने र केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले ठाकुर–महतो समूहका ४ मन्त्रीलाई आइतबार राति पदमुक्त गरेपछि प्रदेश सांसदहरुले अगामी रणनीति तय गर्न संसदीय दलको बैठक बसेका हुन् ।

प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । पहिलो दिनको बैठकमा शुभकामना र सरकारले प्रिबजेट विवरण पेस गर्ने कार्यसूचि रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)