२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार मन्त्रीलाई संसद् बैठकबाट निकाल्न माग गर्दै नेकपा एमालेका सांसदहरूले कर्णाली प्रदेश सभा बैठक अवरूद्ध गरेका छन्।
आजदेखि सुरु भएको कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको पहिलो वैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए।
एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गर्नुभएको छ । ‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो हैन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन’, कँडेलले भन्नुभयो।
