बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिरहामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 34
    SHARES

सिरहा- सिरहामा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनमा निस्किएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

 

 

सिरहाको गोलबजारमा आगजनी तथा तोडफोडमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट गणेश यादवको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर मृत्यु २० बर्षीय यादव सिरहाको औरही गाउँपालिका वडा नं. २ तुलसीपुरका बासिन्दा हुन ।

प्रहरीको गोलीबाट अर्का एक जना घाइते भएका छन् । उनको पहिचान खुलेको छैन । घाइतेलाई थप उपचारको लागि विराटनगर लगिएको छ ।

प्रदर्शनकारीहरुले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुको साथै घरमा तोडफोड गरेका थिए ।

अहिले गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थितिको बावजुद सिरहाको लहान, धनगढीमाई, कसहा, गोलबजार, सिरहा, नरहा लगायतका चोकहरुमा आन्दोलनकारीहरुले प्रदर्शन गरिरहेका छन ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सिरहाको गोलबजार आसपासको क्षेत्रमा आज दिउँसो २.०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ ।

सुनसरीको घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कानुनी कार्वाहीको माग गर्दै विगत केही दिनदेखि सिरहाका विभिन्न चोकहरुमा प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)