शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको महाराष्ट्रमा सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजार नाघ्यो


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 668
    SHARES

भारतमा कोडिड-१९ बाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । महाराष्ट्र प्रहरीका अनुसार मङ्गलबार आएको रिपोर्टमा थप २ सय २१ जना प्रहरी कोरोनाबाट सङ्क्रमित भएको भेटिएको हो । हाल सम्म महाराष्ट्रमा मात्रै १ हजार ७ प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित प्रहरीमध्ये १ सय १३ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् । भारतभर ७४ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण फैलिसकेको छ । जसमध्ये महाराष्ट्रमा मात्रै २३ हजारभन्दा बढी सङ्क्रमित छन् । भारतमा २४ सय भन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)