शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुस विश्वमै उच्च कोरोना संक्रमणका हिसाबले दोस्रो स्थानमा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 482
    SHARES

कोरोना भाइरस संक्रमणबाट विश्वमा संयुक्त राज्य अमेरिकापछि रुस दोस्रो उच्च संक्रमण दर पुष्टि भएको देश बनेको छ । रुसमा हालसम्म २ लाख ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । गएको २४ घन्टामा मात्रै रुसमा १० हजार ९ सय जनामा संक्रमण पुष्टि भएको छ ।

रुसमा विगत दश दिनदेखि लगातार दैनिक १० हजारभन्दा बढी मानिसमा संक्रमण भएको भेटिएको छ । संक्रमित मध्येमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभ पनि रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनका प्रवक्ता दोस्रो उच्च ओहोदाको संक्रमण पुष्टि हुने व्यक्तित्व हुनुहुन्छ । यस अघि रुसी प्रधानमन्त्री माइकेल मिसेस्ट्रिनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लकडाउन खुकुलो गरेको भोलिपल्टै उच्च तहमा समेत कोरोनाको संक्रमण पुष्टि भएको हो  । मंगलबारदेखि नै रुसमा कारखाना तथा निर्माण सम्बन्धी श्रमिकहरु कामा फर्किएका छन् । रुसमा ठूलो संख्यामा संक्रमण भेटिए पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ सयको हाराहारीमा मात्रै रहेको छ । रुसी सरकारी अधिकारीहरुले देशले आम रुपमा कोरोना परीक्षण गरी सावधानी अपनाएकै कारण न्युन मृत्युदर रहेको बताएका छन् । तर धेरैजसोले सरकारले जारी गरको मृत्यु हुनेहरुको तथ्यांकमा विश्वसनीयता नभएको बताउँदै वास्तविक मृत्युदर निकै उच्च रहेको बताएका छन् । विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ लाख ५५ हजारभन्दा बढी छ । कोरोना संक्रमणकै कारण विश्वभर २ लाख ९१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)