शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने कार्यतालिका


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २७, २०७८
  • 982
    SHARES

काठमाडौं ,२७ जेठ

आज गण्डकी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे बस्नेनेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको छ ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री गुरुङका लागि विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)