बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो फुटबल प्रतियोगितामा इटालीको विजयी शुरुवात


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २९, २०७८
  • 505
    SHARES

तस्वीरः एपी

 शुक्रबारदेखि प्रारम्भ भएको सन् २०२० को युरो फुटबल प्रतियोगितामा इटालीले उदघाटन खेलमा टर्कीलाई पराजित गरेको छ । आफ्नै गृह मैदानमा भएको खेलमा इटालीले टर्कीलाई ३–० गोलले स्तब्ध बनाएको हो ।

इटालीका लागि सिरो इम्मोबाइलले ६६औं तथा लोरेन्जो इन्सिग्नेले ७९औं मिनेटमा गोल गरेका थिए । तर पहिलो गोल भने टर्कीका खेलाडीले गरेको आत्मघाती गोलबाट प्राप्त भएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा टर्कीका डिफेन्डर मरिह डेमिरालले आत्मघाती गोल गरेका थिए ।

डिफेन्स निकै सुदृढ रहेको इटालीले समग्र खेलमा बललाई ६४ प्रतिशत आफ्नो नियन्त्रणमा राखेको थियो ।

यो जितसँगै इटालीले समूह क मा एक खेलबाट तीन अंक बटुलेको छ । यस समूहमा इटाली, स्वीट्जरल्यान्ड, वेल्स र टर्की रहेका छन् ।

आज शनिबारका खेल

१. वेल्स र स्वीट्जरल्यान्ड

२. डेनमार्क र फिनल्यान्ड

३. बेल्जियम र रसिया

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)