बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

डेनमार्क विरुद्धको खेलमा फिनल्याण्ड विजयी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 1.1K
    SHARES

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ ।

पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको हो ।

युरोकपको समूह बी अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढलेका थिए ।

खेलको ४३औं मिनेटमा बललाई हेड गर्न खोज्दा लडेर मैदानमै बेहोस भएपछि चिकित्सकको टोलीले मैदानमै उनलाई सिपीआर दिइएको थियो ।

हृदयघात भएको अनुमानमा चिकित्सकको टोलीले उपचार गर्दै अस्पताल पुर्‍याएका थिए । मैदानमै होस गुमाएपछि खेल स्थगित गरिएको थियो । तर अस्पताल पुर्‍याएर थप उपचारपछि उनको होस खुले लगत्तै खेल पुन सञ्चालन गरिएको थियो ।

आफ्नै घरेलु मैदानमा आफ्नो कप्तान गम्भीर घाइते हुँदा डेनमार्कले सोचेअनुसार प्रदर्शन गर्न सकेन । खेलमा ७४औं मिनेटमा पाएको पेनाल्टी समेत गोलमा परिणत गर्न नसकेपछि डेनमार्क फिनल्याण्डसँग पराजित हुन पुगेको हो ।

आज साँझ युरोकपका अन्य दुई खेल हुँदैछन् । जसअन्तर्गत अष्ट्रियाले नर्थ म्यासेडोनियासँग खेल्दैछ भने इङ्ल्याण्डले क्रोसियासँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)