बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपनको महिलातर्फको उपाधी बारबोरालाई


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 438
    SHARES

जारी फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् ।

गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधी जितेकी हुन् ।

फिलिप च्याटरियर कोर्टमा भएको फाइनल खेलमा क्रेजसिकोभा फ्रेन्च ओपन जित्ने पहिलो चेक गणतन्त्रकी महिला खेलाडी समेत बन्न पुगेकी छन् ।

पुरुषतर्फको फाइनल खेल भने आज खेलिंदैछ । १८ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासको सामना गर्दैछन् ।

आज खेलिने फाइनल खेलमा विश्व नम्बर पाँचका सिसिपासले विश्व नम्बर एकका जोकोभिचसँग आफ्नो पहिलो ग्राण्डस्लाम उपाधीका लागि फिलिप च्याटरियर कोर्टमा प्रतिस्पर्धा गर्नेछन् ।

साविक विजेता नाडाल भने सेमिफाइनलमा जोकोभिचसँग पराजित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)