शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय केन्द्रीय प्रहरीका क्यान्टिन र स्टाेरमा अब स्वदेशी उत्पादन मात्र


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३१, २०७७
  • 953
    SHARES
  • भारतीय गृहमन्त्री अमित शाह ,फाईल फोटो

नयाँदिल्ली।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग बढाउने घोषणा गरेको भोलिपल्टै केन्द्रीय गृहमन्त्री अमित शाहले गृह मातहतका केन्द्रीय सशस्त्र प्रहरी बलहरुले संचालन गर्ने क्यान्टिन र स्टाेरमा स्वदेशी उत्पादन मात्र प्रयोग गर्न निर्देशन दिएका छन् ।

हाल भारतीय सशस्त्र प्रहरीमा करिब १० लाख जवान छन् । उनीहरुका आश्रित परिवारका लागि समेत क्यान्टिनको व्यवस्था गरिएको छ ।

यो नियम आगामी जुन १ तारिखबाट लागू हुनेछ ।

भारतीय केन्द्रीय सशस्त्र प्रहरी अन्तर्गत केन्द्रीय प्रहरी बल, सीमा सुरक्षा बल, सिआइएसएफ, आइटिबिपी, एनएसजी र आसाम राइफल्स रहेका छन् ।

यी संस्थाबाट वार्षिक करिब २,८०० करोड भारतीय रुपैयाँ बराबरको सामान बिक्री हुने गरेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)