बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 838
    SHARES

काठमाडौं,१ असार

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले आज संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ ।

नेपाली टोलीले हाल प्रयोग गर्दै आएको जर्सी परिवर्तनका लागि माग बढ्दै गएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय गरेका हुन् ।

जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह गरिएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको छ । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

नेपालले आगामी जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने छ । सोही प्रतियोगितालाई ध्यानमा राखी नयाँ जर्सीको डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको हो । तीन सदस्यीय छनोट समितिले प्राप्त डिजाइनबाट उत्कृष्टलाई छनोट गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)