बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोकपमा स्पेन र स्वीडेन गोलरहित बराबरीमा


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 629
    SHARES

१ असार, काठमाडौं । युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरीमै सकिएको छ । तीन पटकको विजेता स्पेनले खेल अवधिभर स्विडेनलाई दबाबमा राखेको थियो । तर गोल गर्न सकेन ।

सेभियामा भएको खेलमा स्विडेनका गोलकिपर रोबिन ओल्सेनले पनि निकै उत्कृष्ट बचाऊहरु गरे । खेलका स्पेनिस स्टार कोके र अल्भारो मोराटाले गोल गर्ने केही उत्कृष्ट अवसरहरु गुमाएका थिए ।

यता, स्विडेनका अलेक्स्यान्द्रर ईसक पनि स्पेनका लागि खतराका रुपमा उभिएका थिए । तर, गोल दुबै पक्षले गर्न सकेनन् । यस समूहको अर्को खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)