बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इटाली युरोकप फुटबलको नकआउट चरणमा


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 728
    SHARES

काठमाडौं, ३ असार

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो ।

नकआउटमा पुग्ने पहिलो टोली बन्ने क्रममा इटालीले स्वीजरल्यान्डलाई ३-० ले हराएको हो । इटालीको जीतमा मानुएल लोकाटेलीले २ गोल गर्दा सिरो इमोबिलले १ गोल गरेका थिए ।

खेलको २६औं मिनेटमा लोकाटेलीले गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० ले अगाडि राखे । दोस्रो हाफको ५२औं मिनेटमा लोकाटेलीले नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

८९औं मिनेटमा इमोबिलले गोल गरेपछि इटालीको ३-० को जीत सुनिश्चित भयो र नकआउटमा पुग्ने पहिलो टोली बन्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)