बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप २०२०

महत्वपूर्ण जित निकाल्दै वेल्स ‘नकआउट’ चरण नजिक


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 851
    SHARES

जारी युरो कप २०२० अन्तर्गत समूह ‘ए’को गए राति भएको खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गरेको छ।

आजरबैजानको ‘बाकु ओलम्पिक रंगशाला’मा भएको खेलमा वेल्सले टर्कीलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको हो। पहिलो हाफको ४२औं मिनेटको गोल मार्फत वेल्सले खेलमा अग्रता लिएको थियो।

युभेन्टसका खेलाडी आरोन रामजीले वेल्सका कप्तान ग्यारेथ बेलको उत्कृष्ट पासमा गोल गर्दै वेल्सलाई अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफ आफ्नो पक्षमा पारेको वेल्सले दोस्रो हाफमा पनि त्यस्तै गाथा कोर्यो।

खेलको ६१औं मिनेटमा वेल्सले पेनाल्टी प्राप्त गरेको थियो। तर कप्तान बेलले प्रहार गरेको पेनाल्टले जाली भने चुम्न सकेन। यद्यपि वेल्सले उत्कृष्ट खेलको नमुना पस्कीयो।

वेल्सले खेलमा निरन्तर गरेको मेहेनतको फल खेलको अतिरिक्त समयमा पायो। कप्तान ग्यारेथ बेलले पुनः उत्कृष्ट पास निकाल्दा फूल ब्याक कोनर रोबर्टले त्यसलाई गोलमा परिणत गरे।

उक्त खेलमा वेल्सले महत्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण नजिकै पुगेको छ। २ खेलमा ४ अंकसहित वेल्स समूह ‘ए’को दोस्रो स्थानमा छ भने टर्की बिना कुनै अंक पुछारमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)