शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघीयता बलियो भए लोकतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री पोखरेल


  • माउन्टेन खबर
  • शुक्रबार, असार ४, २०७८
  • 732
    SHARES

४ असार, कास्की । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा बोल्दै गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लागेमा प्रदेश सरकारलाई सहयोग गर्ने समेत बताएका छन् ।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ, संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ उनले भने ।

राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनको भनाई थियो ।

यद्यपि पोखरेलले आफू नेतृत्वको सरकारलाई मत माग्दै गर्दा मुख्यमन्त्रीप्रति सद्भाव रहेको तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको भन्दै यसलाई समर्थन गर्न नसकिने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)