बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिक

पाराओलम्पिककी पलेशा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्ने


  • माउन्टेन खबर
  • शनिबार, असार ५, २०७८
  • 531
    SHARES

काठमाडौं, ५ असार
वर्ष दिन पछि धकेलिएको टोकियो ओलम्पिकका लागि पाराओलम्पिककी पलेशा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । वाइल्डकार्डको माध्यमबाट खुट्किलो पाएकि पलेशा पहिलो पटक समावेश भएको पाराल्याम्पिक स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी समते बनेकी छन् ।

खेललाई जिवन समपर्ण गरेका धेरै खेलाडीको सपना ओलम्पिक सहभागि हुने गर्दछ । देशका लागि मेडल ल्याउने र देशको नाम संसार भर चिनाउने । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन वाइल्ड कार्डमार्फत जापानमा हुने पाराल्याम्पिक खेलमा छनोट भएकी हुन् । ५८ के.जी मुनिको स्पर्धा वाइल्ड कार्डमार्फत छनोट भएकी पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकोले अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार पलेशलाई वाइल्ड कार्ड मिलेको हो ।

ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो । तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो । त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन ५८ के.जी र रञ्जना धामी ४९ के.जीको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो । यस अवसरलाई सदुपयोग गर्ने पलेशाले बताइन् ।

नेपालबाट प्रतिनिधित्व गर्न लागेकी पलेशाले सन २०१७ मा कोरियामा भएको तेस्रो एसियन अन्तर्राष्ट्रय पारा तेक्वान्दो ओपन च्याम्पियनसिप अन्तर्गत ५८ केजी मुनीको तौल समूहमा पाँचौं भएकी थिइन् । उनै पलेशाले वाइल्ड कार्डको सहयोगमा नेपालका लागि पदक दिलाउन सक्ने खेलाडी भएको बताउँछन् प्रशिक्षक नेगी लामा ।

विभिन्न प्रतियोगितामा पाएको सफलताले प्राप्त वाइल्ड कार्डको बाट अवसर पाएकी पलेशले बेलायतमा भएको सातौं विश्व तेक्वान्दो च्याम्पियनसिपमा सोही तौला समूहमा पाँचौ भएकी थिइन् । २०१८ मा भियतनाममा भएको भएको चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्प्यिनसिपमा आफ्नो समूहमा कास्य पदक हात पारेकी पलेशाले २०१९ मा जोर्डनमा भएको पाँचौं एसियन पारा तेक्वान्दो र टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि पाँचौं नै भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)