बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युक्रेनलाई पराजित गर्दै अस्ट्रिया अन्तिम १६ मा


  • माउन्टेन खबर
  • मङ्लबार, असार ८, २०७८
  • 422
    SHARES

 

एजेन्सी

जारी युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न समूह ‘सी’को दोस्रो खेलमा अस्ट्रियाले युक्रेनलाई १-० गोलले पराजित गरेको छ।

रोमानियाको राजधानी बुकारेस्टमा भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीलाई जित अपरिहार्य रहेको थियो। जसमा अष्ट्रियाले जित निकाल्न सफल भएको छ। पहिलो हाफको २१औं मिनेटमा अस्ट्रियाले अग्रता लियो। कप्तान डाविड अलाबाको पासमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई खेलमा अग्रता दिलाएका थिए।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले बल पोसेसनमा ५०/५० प्रतिशत कब्जा जमाएका थिए। तर खेलमा अरु कुनै गोल हुन नसक्दा अष्ट्रियाले जित दर्ता गरेको हो।

यस जितसँगै अष्ट्रियाको टोलीले समूह ‘सी’को उप-विजेता बन्दै अन्तिम १६को यात्रा सुनिश्चित गरेको छ। उता युक्रेन भने तेस्रो स्थानमा रहँदै अन्य टोलीको प्रदर्शनको पर्खाइमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)