बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजपनि स्थगित भयो प्रदेश १को बैठक


  • माउन्टेन खबर
  • मङ्लबार, असार १५, २०७८
  • 558
    SHARES

१५ असार, काठमाडौं । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक माओवादी केन्द्रले बिरोध जनेपछि आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसद विरुद्ध व्यक्तिगत गाली गलौज गरेको भन्दै तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग माओवादी सांसदहरुले राख्दै आएका छन् ।

मंगलबारको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८–७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)