शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा अमेरिका २०२१ : ब्राजिलद्वारा चिले १-० ले पराजित


  • माउन्टेन खबर
  • शनिबार, असार १९, २०७८
  • 464
    SHARES

१९ असार, काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार बिहान भएको क्वार्टर फाइनल खेलमा साविक विजेता ब्राजिलले चिलेलाई १-० गोलले पराजित गरेको छ।

ब्राजिलको रियो डे जीनेरोस्थित ‘निल्टन सान्टोस’ स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेका थिए। तर शुरुवाती ४५ मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

पहिलो हाफमा ब्राजिलका लागि शुरुवाती ११ मा पर्न सफल स्ट्राइकर रोबर्टो फर्मिनोको स्थानमा प्रशिक्षक टिटेले लुकास पाक्वेटालाई दोस्रो हाफको शुरुवातमा प्रतिस्थापन गरे। मैदानमा उत्रेको १ मिनेट पनि नबित्दै पाक्वेटाले ब्राजिललाई अग्रता दिलाए। खेलको ४६औं मिनेटमा ब्राजिलका स्टार नेयमारले दिएको ‘लफ्टेड पास’ चिलेका भेगासले क्लियर गर्न नसक्दा पाक्वेटाले सोही बललाई गोलमा परिणत गर्न सफल भएका हुन्।

त्यसपछि खेलको ४८ मिनेटमा ब्राजिलका स्ट्राइकर ग्याब्रियल जिससले रातो कार्ड पाए। उनले बल जित्ने क्रममा चिलेका डिफेन्डर मेनालाई मुखमा प्रहार गर्दा सोझो रातो कार्ड प्राप्त गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }