बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा अमेरिका फुटबल

उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा


  • माउन्टेन खबर
  • आइतवार, असार २०, २०७८
  • 707
    SHARES

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो।  प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ। अर्जेन्टिना र इक्वेडरको विजेताले कोलम्बियाको सामना गर्ने छ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा  पुगिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)