शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न काँग्रेसकाे माग, चालु अधिवेशनबाटै एमसिसि पारित गर्न सुझाव


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ४, २०७७
  • 521
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम समय सापेक्ष नभएको भन्दै पुनर्लेखन गर्न माग गरेको छ । सरकारबाट जेष्ठ २ गते संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै पुनः लेखन गर्न माग गरेको हो ।

यसका लागि नेपाली कांग्रेसले शनिबार संसद सचिवालयलमा संशोधन प्रस्ताव दर्ता गराएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रमका मुख्य गरेर बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने माग गर्दै शनिबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो । डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जयकुमार गौतमले हस्ताक्षर गरी दर्ता गराएको संशोधन प्रस्तावमा वार्षिक नीति तथा कार्यक्रमले कोरोनाको महामारीलाई सम्बोधन गर्न नसक्ने, विदेशमा रोजगारी गुमाएका नेपालीहरुलाई जोखिमबाट सुरक्षित गराउन नसक्ने र देशका सामु उत्पन्न चुनौतीको सामना गर्न नसक्ने उल्लेख गरेको छ ।

दर्ता भएका संशोधन प्रस्तावहरुमाथि आइतबारदेखि सदनमा छलफल सुरु हुने छ कार्यसूची छ । नीति तथा कार्यक्रम पुनः लेखन गर्ने प्रस्ताव दर्ता गराउनु अघि संसद सचिवालयमा बसेको नेका संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिमानामा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारसँग माग गर्नुभएको थियाे ।

यसै गरी सभापति देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता चालु संसदबाट अनुमोदन गर्न सरकारकाे ध्यानाकर्षण समेत गर्नुभएको छ । दलको बैठकमा बोल्दै देउवाले एमसीसी कुनै ऋण सम्झौता नभएर अमेरिकी अनुदान भएका कारण यसलाई संसदले अनुमोदन गरेर देश विकासमा लगाउनुपर्ने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)