आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उड्ने कार ‘एयरकार’ को एयरपोर्टहरू बीचको पहिलो परीक्षण उडान सफल


  • माउन्टेन खबर
  • सोमवार, असार २१, २०७८
  • 468
    SHARES

मानिसहरुले कुनैबेला उड्ने कारको कल्पना गर्ने मात्र गरेकोमा अहिले सो कल्पना साकार हुने अवस्थामा आईपुगेको छ। हालै एउटा प्रोटोटाइप उड्ने कारले दुई शहरका एयरपोर्टहरु बिच सफल उडान भरेको छ।

प्रोटोटाइप उड्ने कारले स्लोभाकियाको नाइट्रा र ब्राटिस्लावामा अन्तर्राष्ट्रिय एयरपोर्टहरू बीच ३५ मिनेटको उडान पूरा गरेको छ।

यो हाइब्रिड कार वा एयरक्राफ्ट वा एयर कार, एक १६० हर्स पावरको बिएमडब्लू इञ्जिनले सुसज्जित छ र यो नियमित पेट्रोल पम्प ईन्धनमा चल्दछ।

क्लेन भिजन भनेर चिनिने स्लोभाकियाली कम्पनीले भर्खरै यसको उद्घाटन उडान पूरा गर्यो ।

यसको सिर्जनाकर्ता तथा निर्माता, प्रोफेसर स्टीफन क्लेनले बताएअनुसार यो लगभग ८,२०० फिटको उचाईमा १,००० किलोमिटरको उडान गर्न सक्दछ, र अहिलेसम्म यसले हावामा ४० घण्टा सम्म चल्न सक्नेथियो।

यसले आफूलाई कारबाट विमानमा रूपान्तरण गर्न दुई मिनेट १५ सेकेन्ड लगाउँछ। यस एयर कारमा फिक्स्ड प्रोपलर र ब्लालिस्टिक पारासुट रहेको छ ।

कम्पनीले ३० वर्ष भन्दा बढी समयदेखि यसको हाइब्रिड एयरक्राफ्टमा काम गरिरहेको छ। जसमा १४२ सफल अवतरण र ४० घण्टा भन्दा बढी परीक्षण उडानहरूको साथ क्लेन विश्वस्त छन कि उनको तेस्रो प्रोटोटाइप अवधारणा चरण पार गर्न तयार छ।

यसका सिर्जनाकर्ता क्लेनले यसलाई हावामा १७० किलोमिटर प्रतिघण्टाको दरमा उडाएका थिए । यो उड्ने कारले २०० केजी तौलसम्मका २ जनालाई उडाउन सक्दछ ।

क्लेनले एयरपोर्टमा ल्याण्ड गरेसँगै यसलाई कारमा रुपान्तरण गरेर शहरको बाटोमा कुदाएका थिए ।

तर यो एयरकार अन्य ड्रोन ट्याक्सीको ठिक विपरित उडान र अवतरण गर्न एयरपोर्ट आवश्यक पर्दछ ।

क्लेनले यसको अर्को प्रोटोटाइप  अझ शक्तिशाली बनाउने बताएका छन् । जसमा ३०० एचपीको मोटर र हवाई तथा सडक अनुमति हुनेछ । एजेन्सीहरु

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }