बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फुटसल सञ्चालनको माग


  • माउन्टेन खबर
  • बिहिबार, असार २४, २०७८
  • 471
    SHARES

काठमाडौँ, २४ असार 
नेपाल फुटसल व्यवसायी सङ्घले बन्द रहेको फुटसल सञ्चालनको माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ को दोस्रो लहर आएसँगै निषेधाज्ञामा केही सहज देखिएकाले सङ्घले पनि उक्त खुकुलोपनको उपभोग गर्न पाउनुपर्ने माग गर्दै ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा लामो समय बन्द रहेका कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको उल्लेख छ ।

“खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गर्न हामी व्यवसायीहरू पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ । हाल राज्यले कुनै पहल नदेखाएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले आवश्यक पहल गरी हामीहरूको फुटसल व्यवसाय अविलम्ब सञ्चालनको प्रबन्ध गरिदिन यो ध्यानाकर्षणपत्र बुझाएका छौँ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिनसमेत नसकेको भन्दै सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपाल सरकारले अझै पनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)