बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो एक दिवसीय क्रिकेट

पाकिस्तान ९ विकेटले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, असार २५, २०७८
  • 721
    SHARES

काठमाण्डाै,२५ असार

पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १ सय ४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डको जितमा डेविड मालनले  ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र  माट पर्किनसनले दुई/दुई विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)